• भदौ २७, २०८३, शनिवार Saturday, 12 September, 2026

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

  • रासस

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

२०८३ साल भदौ २७ गते शनिबार सन् २०२६ सेप्टेम्बर १२ तारिख। भदौ शुक्ल पक्षको प्रतिपदा तिथि। प्राथमिक उपचार दिवस/गुंला पर्व समाप्ति । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – काममा सफलता मिल्नेछ । व्यापारमा लाभ हुनेछ। नाफा आर्जनका लागि व्यापारमा साथीसँग सहकार्य गर्नुपर्ने छ। शिक्षामा प्रगति हुनेछ। पारिवारिक मेलमिलापको योग रहेको छ । चार्डपर्वको उत्साहले मन खुशी हुनेछ ।

वृष – तपाईंको बोलीका प्रभावले काम बन्नेछ। सम्पत्ति खर्च भए पनि लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ ।

मिथुन – एकपछि अर्को समस्या थपिने छन्। बोली र व्यवहारमा एकरुपता नदेखिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा विश्वास नगर्ने बानीले अप्ठेरो परिस्थिति सिर्जना हुनेछ।

कर्कट – तपाईंका लागि शुभदिन छ। साथीको साथ मिल्नेछ। तपाईंको काम बन्ने छ। शिक्षामा भने ढिलासुस्ती हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।

सिंह – आज कम बोल्नु उचित हुनेछ । गोपनीयता भंग नगर्नु फाइदा हुन्छ। व्यवहारमा सानो कुराले झन्झट दिने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने देखिन्छ ।

कन्या – शुभ खबर सुन्न पाइने छ । व्यवहारमा सकारात्मक सुत्र पत्ता लाग्ने छ। मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला – यात्रा गर्दा सचेत हुनुपर्नेछ । श्रमको मूल्य अर्काले खाने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक – आज कम बोल्नु उचित हुनेछ । साथीको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन प्रशन्न हुनेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु – धनलक्ष्मी योग परेको छ । आज गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ। राज्यको माथिल्लो निकायबाट तपाईंको पक्षमा निर्णय हुनेछ। काममा उत्साह मिल्नेछ ।

मकर – दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच राम्रो रहेको छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ – दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्ने छ। विपक्षी साथीबाट काम गर्दा सचेत बन्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने छ।

मीन – दिन राम्रो छ। शिक्षामा सफलता मिल्ने छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। मिहिनेतको फल मिल्ने योग छ ।

  • प्रकाशित मिति : भदौ २७, २०८३, शनिवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८