• भदौ १७, २०८३, बुधवार Wednesday, 02 September, 2026

भोटेकोसी चोट : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • खबरदाता

भोटेकोसी चोट : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार (भदौ १५) बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ (विभिन्न मानव अंगसहित) शव फेला परेको छ ।

उक्त बाढीपश्चात् अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन्।

सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५८३ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १६४ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २७९ छ । उनीहरूमध्ये १६८ जना उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जनाएको छ ।

उद्धार, राहतका निम्ति २१ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । यही भदौ १० गते बिहान उक्त बाढी आएको थियो । बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

  • प्रकाशित मिति : भदौ १६, २०८३, मंगलवार ११:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८