• भदौ १७, २०८३, बुधवार Wednesday, 02 September, 2026

भोटेकोसी बाढी : भारतमा १७ शव भेटिए

  • खबरदाता

भोटेकोसी बाढी : भारतमा १७ शव भेटिए

नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो ।

उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ । महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चारवटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ ।

फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको जनाएको छ ।

सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको छ । बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको हो । इन्डियन एक्सप्रेस

  • प्रकाशित मिति : भदौ १६, २०८३, मंगलवार ०८:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८