• भदौ १४, २०८३, आइतवार Sunday, 30 August, 2026

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

  • खबरदाता

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेकोसी नदीमा बाढीको बहाब बढेको जनाएको छ ।

महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढी केही बढेको जानकारी दिएको छ । आइतबार बिहान ५:४५ बजेको अपडेज जारी गर्दै महाशाखाले रसुवा, नुवाकोट, धादिङसम्म ठूलो बाढीको जोखिम नरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना अनुसार हाल नुवाकोटमा बाढी केही बढेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराउदछौँ, पौने ६ बजेको अलर्टमा महाशाखाले भनेको छ ।

  • प्रकाशित मिति : भदौ १४, २०८३, आइतवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८