• भदौ १४, २०८३, आइतवार Sunday, 30 August, 2026

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

  • खबरदाता

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

भोटेकोशी बाढीमा परेकाहरूमध्ये चार हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । यस विपद्‌मा २४ सय जना अझै बेपत्ता रहेको उनले बताए ।

जटिल भौगोलिक अवस्था र सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले छिमेकी मुलुकहरूसँग विशेष प्रविधि र जनशक्ति माग गरेको छ ।

यसै क्रममा भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएर कार्य सुरु गरिसकेको छ भने चीनबाट पनि सुरुङ उद्धार टोली शीघ्र आइपुग्ने मन्त्री खनालले जानकारी दिए । भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको छ । चीन, जापान र अष्ट्रेलिया लगायतका मुलुकहरूले पनि अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् ।

मन्त्री खनालले भारतीय विदेशमन्त्री एस। जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग संवाद गरी सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे । नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भनी केही विदेशी सञ्चारमाध्यममा आएका समाचारको मन्त्री खनालले खण्डन गरेका छन् । ुुविनाशको स्तर अत्यन्त ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ,ु’ उनले भने ।

विपद् व्यवस्थापनका लागि इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अनलाइन वा क्यूआर कोडमार्फत सहयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : भदौ १३, २०८३, शनिवार २१:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८