• साउन ३०, २०८३, शनिवार Saturday, 15 August, 2026

त्रिशूली नदीमा बाढी, जलसतह सतर्कता तहभन्दा माथि

  • खबरदाता

त्रिशूली नदीमा बाढी, जलसतह सतर्कता तहभन्दा माथि

त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु पर्ने बताएको छ ।

यसैबीच, त्रिशूली नदी बेत्रावती नुवाकोट जलमापन केन्द्रहरूमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : साउन २९, २०८३, शुक्रवार ०६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८