• साउन ३०, २०८३, शनिवार Saturday, 15 August, 2026

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्दै

  • खबरदाता

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्दै

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ ।

बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् ।

भेला साउन ३१ गतेसम्म चल्नेछ । भेलाको संयोजक पूर्वमहामन्त्री डा। शशांक कोइराला छन् ।

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ ।

 

  • प्रकाशित मिति : साउन २९, २०८३, शुक्रवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८