• साउन १२, २०८३, मंगलवार Tuesday, 28 July, 2026

प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुँदै

  • खबरदाता

प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुँदै

सरकारले निर्वाचन आयोगमा प्रस्ताव गरेका दुई आयुक्तको आज संसदीय सुनुवाइ हुँदैछ।

प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

संवैधानिक परिषद्को गत असार १९ को बैठकले कार्कीलाई प्रमुख आयुक्त, वाग्ले र सुब्बालाई आयुक्तमा नियुक्ति सिफारिस गरेको हो।

संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । उनीहरूले आ(आफ्ना कार्ययोजना पेस गरिसकेका छन् । रासस

  • प्रकाशित मिति : साउन १२, २०८३, मंगलवार ०५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८