• साउन ५, २०८३, मंगलवार Tuesday, 21 July, 2026

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

  • खबरदाता

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६ जुलाई २१ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन राम्रो छैन। मनमा असन्तुष्टी बढ्नेछ । कुटुम्बसँगको सम्बन्धमा खटपटि बन्नेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष – दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन – दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। यात्रा सुखद् बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा समय र ऊर्जा खर्च नगर्नु राम्रो हुन्छ।

कर्कट – दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। ठुला व्यक्तिसँगको परामर्शले काम सहज बन्नेछ।

सिंह – शिक्षाको लगानीमा प्रतिफल देखिनेछ।ठुला व्यक्तिको सुझावमा नयाँ योजना बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ।

कन्या – दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। कामको बोझ थपिने छ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला – दिन सामान्य रहेको छ। साथीले नै विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्रमा अवरोध हुने जोखिम छ। आफन्तले भन्दा घर बाहिरका व्यक्तिको सहयोग महत्त्वपूर्ण बन्नेछ।

वृश्चिक – दिन राम्रो छ। जागिरमा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। विदेशमा गरेको गरेको लगानीबाट फाइदा हुनेछ।

धनु – शुभ दिन छ। ठुलो काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिँदा मनमा खुसी बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मकर – दिन राम्रो छ। राजनीतिक क्षेत्रमा साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ – दिन सामान्य छ। अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन – दिन सामान्य छ। सानो कुराले झर्को बढ्नेछ। व्यापारमा साझेदारी गरेको भए नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ।

  • प्रकाशित मिति : साउन ५, २०८३, मंगलवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८