• असार २९, २०८३, सोमवार Monday, 13 July, 2026

जुड बेलिंघम चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वेको विश्वकप यात्रा टुंगियो

  • खबरदाता

जुड बेलिंघम चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वेको विश्वकप यात्रा टुंगियो

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरे ।

खेलको पहिलो हाफको ३६ औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिंघमले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए।

दोस्रो हाफको ५४ औँ मिनेटमा टोबजन हेगमले बललाई जाली चुमाएका थिए । बल डिबक्स एरियामा पुग्नुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका डिफेन्डरलाई लडाउन पुगे । भीएआर परीक्षणपछि त्यसलाई फाउल मान्दै गोललाई मान्यता दिइएन।

दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । उक्त समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिंघमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे । सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

  • प्रकाशित मिति : असार २८, २०८३, आइतवार ०५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८