वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।
यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि लेदोसहितको ढुंगामाटो झरेकाले दुवैतर्फको बाटो बन्द भएको छ ।
अनावश्यक यात्रा नगर्न र गर्नै परे ट्राफिक व्यवस्थापन बुटवल, जिल्ला ट्राफिक कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्याल नवलपरासी ९पश्चिम०बाट सूचना लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८