नेपाली बजारमा शुक्रबार (चैत ६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार (चैत ५) छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ८९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८