• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनावविरुद्ध कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने २५ युवा सुर्खेत प्रहरीको नियन्त्रणमा

  • खबरदाता

चुनावविरुद्ध कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने २५ युवा सुर्खेत प्रहरीको नियन्त्रणमा

आसन्न प्रतिनिधिसभा निर्वाचन– २०८२ को शान्ति सुरक्षा खलल पुर्‍याएको आरोपमा ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका– ११ स्थित धुलियाबिटनजिक तीनकुने चोकहुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

तातोपानी क्षेत्र (वीरेन्द्रनगर–३) मा आधारित उक्त युवा क्लबका सदस्यहरूले स्थानीय प्रशासनको अनुमतिबिना कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकालेका थिए ।

प्रहरीका अनुसार र्‍यालीका क्रममा उनीहरूले हो–हल्ला गर्दै सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गरेको र निर्वाचन आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्यमा उनीहरू संलग्न थिए । उक्त गतिविधिले आसन्न निर्वाचनको शान्ति सुरक्षामा असर पर्ने देखिएपछि तत्काल हस्तक्षेप गरिएको प्रवक्ता बुढथापाले बताए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका सबै २५ जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​​​​​

  • प्रकाशित मिति : माघ २४, २०८२, शनिवार १९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८