नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२६३ मध्ये २२५३ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छन् ।
२ जनाको कार्ड हराएको र १ जना मतदानस्थलमा प्रवेश गर्ने अन्तिम समयसम्म पनि त्यहाँ पुगेनन् । अन्तिम समयसम्म मतदान गर्न ८ जना भने लाइन नबसेकोे पाइएको छ ।
निर्वाचन आयोगका अनुसार निर्धारित समयभित्र मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिमध्ये बिहान ५ बजे १५० जना लाइनमा छन् ।
उनीहरूलाई मतदान गर्न अब २ घण्टाको समय अनुमान गरिएको छ ।
आयोगका एक सदस्यका अनुसार बिहान ८ देखि ९ बजेभित्र सम्पूर्ण परिणाम तयार हुन्छ । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे समापन कार्यक्रम आयोजना गरिने सूचना जारी गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८