लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी ७ विकेटले पराजित भएको थियो ।
खेलपछि प्रतिक्रिया दिँदै रोहितले अन्तिम ३० बलमा २८ रन मात्र जोड्न सक्नुले पनि खेलको मुमेन्टम बिग्रिएको बताए । उनले आजको खेलमा जसरी सुरूआत भएको थियो त्यसअनुसारा १७०/१८० सम्म बनाउनुपर्ने उल्लेख गरे ।
विदेश र घरेलु खेलाडीले जसरी खेल्नुपर्ने हो त्यो हुन नसक्दा पनि खेलमा नराम्रो नतिजा आएको उनी उनको भनाइ छ । यो लिगमा जित निकाल्न १र२ जना घरेलु खेलाडी पनि चल्नुपर्ने उनको भनाइ छ ।
आजको खेलमा सन्दीप जोरालाई अन्तिम ओभरमा खेलाउने रणनीति पनि सफल नभएको उनी बताउँछन् । त्यसको क्रेडिट सुदूरपश्चिमको बलरलाई पनि जाने उनले उल्लेख गरे ।
खेलमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको उनले औँल्याए । तीन खेल हारे पनि अझै प्रतियोगितामा फर्कने अवसर रहेको रोहितको विश्वास छ । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८