प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको र असंवैधानिक प्रधानमन्त्रीबाट भएका अन्य निर्णय बदर हुनुपर्ने माग राखेका छन् । रिटमा प्रधानमन्त्री र सरकारले गरेका निर्णय कार्यान्वयन हुन रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ ।
तर, रिट दर्ता भइसकेको छैन । अहिले रिटमाथि अध्ययन भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८