जेन-जी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टि–सर्ट लगाएर पेस्तोल देखाउँदै हिँडेका युवा प्रहरीको सम्पर्कमा आएका छन् ।
काठमाडौंको बिजुलीबजारस्थित पुलमा ‘पेस्तोल’सहितको भिडियो बोकेका युवाहरूको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रहरीले अनुसन्धान गरिरहेकै बेला पेस्तोल बोकेका युवा तेन्जेन दावा आफैँ प्रहरीको सम्पर्कमा आएका हुन् । प्रहरीसँगको सोधपुछमा उनले उक्त पेस्तोल नक्कली भएको बताएका छन् ।
‘उसले नक्कली हो भनिरहेको छ । हामीले थप अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरूको भूमिका रहस्यमय रहेको भन्दै चर्चा भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८