भरतपुर । लेदो खसेर अवरुद्ध भएको नारायणगढ -मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । तुइन खोला पुलनजिकै लेदो खसेर पूर्णरूपमा अवरुद्ध भएको सडक मंगलबार राति ८:३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक अवरुद्ध भएको सूचना पाउनबित्तिकै डिभिजनको टोली मेसिनसहित पहिरोस्थलमा पुगेको थियो । लेदो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।
सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक डिभिजन भरतपुरले यातायात सुचारु भएपछि सबै चालक र यात्रुहरूलाई संयमित भएर लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८