• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ग्रेन्डर मेसिनले खुट्टा काटिएर मृत्यु

  • खबरदाता

ग्रेन्डर मेसिनले खुट्टा काटिएर मृत्यु

झापा । ग्रेन्डर मेसिनले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार (असोज १३) साँझ परियारले आफ्नो घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेन्डरमा परेपछि उनी घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका निम्ति तत्काल बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा ल्याइएको थियो । तर, अत्यधिक रक्तश्रावका कारण गए राति उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् । रासस

  • प्रकाशित मिति : असोज १४, २०८२, मंगलवार १४:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८