• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

  • खबरदाता

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको समेत प्रभाव रहेको छ । देशभर साधारणतया बदली रहेको छ । हाल वाग्मती प्रदेशका केही स्थानमा, कोसी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

“हाल वाग्मतीका केही स्थानमा, कोसी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का पानी परिरहेको छ,” मौसमविद् अधिकारीले भने ।

हाल परिरहेको पानी केही समय रोकिएर दिउँसो फेरि हल्का पर्ने उनले बताए । ूबिहान परेको पानी केही समय रोकिएर फेरि दिउँसो पर्न थाल्छ, निरन्तर पानी परिरहने भने हुँदैन,ू उनले भने ।

आज ९असोज १३० दिउँसो कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि मौसमविद् अधिकारीले जानकारी दिए ।

बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

  • प्रकाशित मिति : असोज १३, २०८२, सोमवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८