• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नवनियुक्त चार मन्त्रीले लिए शपथ

  • खबरदाता

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार (असोज ६) शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेकी थिइन् । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : असोज ६, २०८२, सोमवार १५:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८