• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

  • खबरदाता

स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको छ ।

आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरू प्राविधिक परिक्षण पश्चात मात्र प्रयोग गर्न सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको हो । यसै क्रममा शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परिक्षण गरिएको छ ।

परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।

उनले मन्त्रालयको भित्तामा क्षति नभएपनि स्ल्यावहरुमा पूर्ण रुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए । आगलागीबाट क्षति पुगेको भवनको भवन निर्माण विभागको समन्वयमा एशोसियसनले ध्वस्त भएका संरचनाको प्रारम्भिक परिक्षण गरिरहेको उनले उल्लेख गरे ।

बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुननिर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुन प्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।

त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एशोसियसनले प्राविधिक परिक्षण पश्चात मात्र संरचना प्रयोग गर्न सुझाव दिएको छ ।

  • प्रकाशित मिति : असोज ४, २०८२, शनिवार १४:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८