• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन चार घण्टा लाग्ने

  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन चार घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडकखण्डमा सञ्चालनमा आउन कम्तीमा चार घण्टा लाग्ने भएको छ । निरन्तर पहिरो गइरहेकाले सवारी सञ्चालनका लागि कम्तीमा चार घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो थप बढे र पानी परेर अवरोध भए थप समय लाग्नेछ । मुग्लिननजिकै तुइन खोलाछेउमा ठूलो पहिरो गएको छ । पहिरो जानेक्रम जारी रहे पनि हटाउन भने सुरु गरिएको छ ।

हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड अवरुद्ध छ ।

“सुरक्षालाई मध्यनजर गर्दै पहिरो झर्न रोकिएपछि सवारी आवागमन सूचारू गरिनेछ,” कार्यालयले भनेको छ ।

  • प्रकाशित मिति : असोज ४, २०८२, शनिवार ११:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८