पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो ।
अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो।
आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।
मंगलबार प्रदर्शनकारीले थापाको घर, होटेल, अफिसमा आगजनी गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८