• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

कर्जा निने नभएपछि बैंकिङ प्रणालीमा थुप्रियो पैसा , २५ अर्ब खिच्दै राष्ट्र बैंक

  • खबरदाता

कर्जा निने नभएपछि बैंकिङ प्रणालीमा थुप्रियो पैसा , २५ अर्ब खिच्दै राष्ट्र बैंक

नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक म भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो ।

यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने आइतबार (भदौ २२ गते) २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँ मध्यान्ह ३ बजे बोलकबोलको माध्यमबाट लिने भएको छ । त्यसरी खिचिएको पैसा असोज १२ गतेसम्मका लागि राष्ट्र बैंकले ब्याज भुक्तानी गर्ने सूचनामा उल्लेख छ ।

बोलकबोल गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

  • प्रकाशित मिति : भदौ २२, २०८२, आइतवार १४:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८