• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

दर्ता प्रक्रियाको लागि फेसबुक सम्पर्कमा आएको सरकारको दाबी

  • खबरदाता

दर्ता प्रक्रियाको लागि फेसबुक सम्पर्कमा आएको सरकारको दाबी

सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् ।

उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए।

ठाकुरले भने, ‘मेटाको सिंगापुरमा कार्यरत एक जना अन्सारी थरको कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के(के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नुभएको रहेछ । मन्त्रीज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइदिन भन्नुभएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’

मन्त्रालयले अघि साँझ ५ बजेति इमेल गरेको प्रवक्ता ठाकुरको भनाई छ ।

  • प्रकाशित मिति : भदौ १९, २०८२, बिहीवार १८:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८