• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन : थापा

  • खबरदाता

विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन : थापा

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् । शनिबार (भदौ ७) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भण्डारी सक्रिय हुने विषयमा कसैको अनुमति लिनु नपर्ने पनि बताए ।

आफैँले निर्माण गरेको पार्टी भएकाले एमालेमा भण्डारीलाई कसैले ‘इन्ट्री’ दिनु नपर्ने उनले जिकिर गरे । भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भने भन्नेबारे आफूले केही टप्पणी नगर्ने उनले बताए ।

भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय उल्टने उनले उल्लेख गरे । जनताको अधिकार, समानता, स्वतनत्रता र न्यायका निम्ति स्थापित एमालेभित्र राजनीति गर्न पाईँदैन भन्ने अशोभनीय भएको थापाको भनाइ थियो ।

थापाले कसैलाई अपमान, तिरस्कार, तेजोबोध गर्ने र लाञ्छना लगाउने कार्य एमालेपंक्तिले गर्न नहुने पनि बताए । हिमालयन टेली भ्वाइस

  • प्रकाशित मिति : भदौ ७, २०८२, शनिवार १९:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८