• वैशाख ९, २०८३, बुधवार Wednesday, 22 April, 2026

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

  • खबरदाता

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् । समितिले बिहीबार विधेयक पारित गरेको थियो ।

प्रतिवेदन पेस गर्ने क्रममा समिति सभापति थापाले विधेयकले ऐतिहासिक बाटो अवलम्बन गरेको दाबी गरे । उनले विधेयकप्रति आपत्ति जनाउने सरोकारवाला निकायलाई आन्दोलनको बाटोमा नलाग्न आह्वान पनि गरे ।

‘यो न पहिला थियो, न पछि आउने छ । यसले ऐतिहासिक बाटो अवलम्बन गरेको छ,’ सभापति थापाले भने, ‘त्यस कारण म यो संसदबाटै आन्दोलन गर्छौँ भन्नेहरूलाई त्यो बाटोमा नलाग्न आह्वान गर्न चाहन्छु ।’

  • प्रकाशित मिति : भदौ ६, २०८२, शुक्रवार १५:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८