मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको तुइन पुलनजिकै ढुंगा खस्दा दुईजना घाइते भएका छन् । इन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
बिहीबार (साउन २९) दिउँसो करिब २ बजे उक्त स्थानमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा हटाउन सडक डिभिजनबाट मेसिन पठाइएको छ ।
ढुंगा हटाएर सवारी आवागमन सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ । “।।।अबको ४५ मि। भित्र ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारु हुने जानकारी गराउदँछौँ,” सडक डिभिजनले बिहीबार दिउँसो साढे २ बजे जारी गरेको सूचनामा उल्लेख छ, “वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८