• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

  • खबरदाता

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।

सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ । खतराको संकेतस्वरुप रातो बत्ती बालिएको उनले बताए । रासस

  • प्रकाशित मिति : साउन २७, २०८२, मंगलवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८