• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री शीतलनिवासमा, राष्ट्रपतिलाई गराए भ्रमणबारे जानकारी

  • खबरदाता

प्रधानमन्त्री शीतलनिवासमा, राष्ट्रपतिलाई गराए भ्रमणबारे जानकारी

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार (साउन २४) प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी भएका थिए । उनी शुक्रबार ९साउन २३० राति स्वदेश फर्किएका हुन् ।

भेटमा समसामयिक अरू विषयमा पनि छलफल गरिएको जनाइएको छ ।

  • प्रकाशित मिति : साउन २५, २०८२, आइतवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८