काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बुधबार ९साउन २१० प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् ।
संघीय निजामती विधेयकमा कर्मचारीको ‘कुलिङ अफ पिरियड’माथिको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको थियो । त्यसपछि उनको राजीनामा मागिएको हो ।
उनले सभापति खतिवडाले नैतिक आधारमा पदमा रहन नमिल्ने तर्क गरे । “कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ । छापाखानाहरूमा यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई नैतिक प्रश्न– यो नालायकीपनको जवाफ कसले दिने रु यसको जिम्मेवारीपनको जवाफ कसले दिने ?”
उनले थप प्रश्न गरे, “मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ रु अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ रु यहाँ पदको नाम लेखिएको छ नि !”
भाषा आयोगमा नियुक्ति खाने व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका अधिकारी नभएको भन्दै सांसद झाले सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८