• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ओभरटेक गर्ने बलेरोले टाँडीमा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

  • खबरदाता

ओभरटेक गर्ने बलेरोले टाँडीमा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

तरकारी बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका २ बस्ने बर्ष ३५ का मुकुन्द कंडेल रहेका छन।

चितवन प्रहरीका अनुसार गए राती साढे १२ बजेको समयमा रत्ननगर ३ शान्ति चोकमा खैरहनी बाट टाडी तर्फ आउँदै गरेको प्रदेश २-०२-००१ च ०५१० नं.तरकारी बोक्ने लोड बोलेरोले जनकपुर बाट काठमाण्डौं तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३३६५ नं.(नाइट बस) लाई ओभरटेक गर्ने क्रममा टाँडि बाट खैरेहनी तर्फ जाँदै गरेको बा.प्र.०६-००१प३५०९ नं.को मो.सा. लाई ठक्कर दिँदा मो.सा.चालक कंडेल घाइते भएका थिए।

निजको उपचारका क्रममा बिहान १:१९ बजेको समयमा मृत्यु भएको हो।

बोलेरो चालक कास्कीको लेखनाथ -२७ बस्ने बर्ष ३० को हुमेश लामगाले र बोलेरो साहु कास्कीकै माछापुछ्रे -३ बस्ने बर्ष अं ३४ को धुर्ब राज पोखरेल सामान्य घाइते भएको जनाइएको छ।

  • प्रकाशित मिति : साउन ९, २०८२, शुक्रवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८