• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विद्या भण्डारीको सदस्यता निष्क्रिय भइसक्यो – शंकर पोखरेल 

  • खबरदाता

विद्या भण्डारीको सदस्यता निष्क्रिय भइसक्यो – शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताए ।

उनले भने, ‘पार्टी विधानको हिसाबले पनि त्यो विषय केन्द्रीय कमिटीको बन्नुपर्दथ्यो। केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेको कारणले सदस्यता उहाँलाई सामेत गरिराख्नुपरेन ।’

उनले सभामुख राजनीतिक जिम्मेवारी भएको जिकिर गर्दै पूर्वराष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने बताए ।

उनले भने, ‘संविधानले सभामुखको हकमा प्रतिनिधि सभाको सदस्य कायम हुनुपर्ने भन्छ। तर राष्ट्रिपति भएपछि प्रतिनिधि सभा सदस्यबाट पनि राजीनामा दिनुपर्छ ।’

  • प्रकाशित मिति : साउन ७, २०८२, बुधवार १५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८