• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वाग्मती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

  • खबरदाता

वाग्मती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका एकरदुई स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ।

“काठमाडौंमा आज वर्षाको सम्भावना छ,” मौसमनिवद् सरोज पुडासैनी भन्छन्, “दिउँसो १र२ बजेपछि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।”

विभागले बताएअनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अबको तीन दिन देशका एकाध ठाउँबाहेक भारी वर्षाको सम्भावना नरहेको मौसमविद् पुडासैनी बताउँछन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : साउन ७, २०८२, बुधवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८