स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर नेपाल नफर्किएकाहरूको विषयमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले यसबारे छलफल गर्न आकस्मिक बैठकसमेत बोलाएका छन् ।
बैठकका लागि गृह मन्त्रालयमा प्रहरी प्रमुख आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी तथा अध्यागमन विभाग प्रमुख गोविन्द रिजालसहित उपस्थित भएका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, बैठकले स्पेन जान भिसा प्रक्रिया मिलाउने विभिन्न संस्थामाथि अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा अन्य नेपाली पनि गएर नफर्किएको विषय संसद्मा उठेपछि गृहमन्त्रीले छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८