• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल असार २५ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८२ साल असार २५ गते बुधबारको राशिफल

आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष- दिन राम्रो छ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। राजनीतिमा महत्त्वपूर्ण नियुक्ति हुने योग छ। बौद्धिक क्षेत्रको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेशमा गरेको मिहिनेतबाट फाइदा हुनेछ।

वृष – दिन राम्रो छ। बोलीले साथी प्रभावित हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा भने विवाद बढ्नेछ।

मिथुन – दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। गणेशको सेवा गरेमा उन्नति हुनेछ। परिवारको साथमा घुमघाम तय हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

कर्कट – सञ्चित धन खर्च हुने दिन छ। दिन सामान्य भएकाले आफन्तबाट धोका हुने सम्भावना छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। फलामको व्यापारमा फाइदा हुनेछ।

सिंह – दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता नभए पनि परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हिम्मत गर्नु उचित हुन्छ। समस्या भएमा आफूभन्दा ठुलो व्यक्तिसँग राख्नु उचित हुन्छ।

कन्या – आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइको तर्फबाट बाधा र अड्चनको सामना गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको कुरा सुन्न नसक्दा समस्या हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

तुला – दिन राम्रो छ। सहकार्यबाट नाफा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ।

वृश्चिक – धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ।

धनु – दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो भेटघाट हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा उन्नति हुनेछ।

मकर – दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा दुःख बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजा सकारात्मक आए पनि थप मिहिनेत गर्नुपर्ने छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

कुम्भ – दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने जोखिम छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

मीन – दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बोल्दा सचेत बन्नुपर्ने छ। साथीसँग जोगिएर काम गर्नुपर्नेछ। साथीसँग बोल्दा तीन पटक सोच्नु उचित हुन्छ।

  • प्रकाशित मिति : असार २५, २०८२, बुधवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८