• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

  • खबरदाता

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उनिर्वाचन गर्ने निर्णय लिएको हो ।

प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने जानकारी आयोगले सोमबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा निर्वाचित भएका थिए ।

तर बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त छ । बोहोराको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो ।

  • प्रकाशित मिति : असार १६, २०८२, सोमवार १७:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८