• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

आज २०८२ साल असार १४ गते शनिबार। असार शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वास्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

वृष – दिन सामान्य राम्रो छ। काम सफल बन्नेछ। बोलीमा मधुरता आवश्यक देखिन्छ। तपाईंको कामको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा लगानी गरेको भए विदेशमा फाइदा हुनेछ।

मिथुन – दिन धेरै राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।

कर्कट – आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

सिंह – दिन सामान्य छ। शनिका प्रभावले मन अशान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। अनावश्यक खर्च बढेर परिवारमा बोझ थपिने जोखिम छ।

कन्या – दिन राम्रो छ। आम्दानी बढ्नेछ। तपाईंको विदेश जाने योजना भए आज नहिड्नु राम्रो हुनेछ। स्वदेशमा लगानीका सम्भावना भेटिने छन्। परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ।

तुला – दिन राम्रो छ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। गुरुसँग संगत बढ्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

वृश्चिक – शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी प्रयासले सफलता प्राप्त गर्नेछ। परिवारको छायामा दिन बित्नेछ। ठुला व्यक्तिसँगको संगतले महत्त्वपूर्णा काम बन्नेछ।

धनु – दिन सामान्य छ। हरेक काममा अवरोध देखिने छ। स्वास्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्नेछ। परिवाको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा भन्दा राजनीतिक क्षेत्रमा तपाईंको नाम चल्ने छ।

मकर – परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ – दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले सताउने छ। बौद्धिक व्यक्तिसँगको भेटले प्रगति हुनेछ। ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

मीन – शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मध्य साढेसातीका कारण बोल्दा सोच्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा गरेको काम सफल बन्नेछ।

  • प्रकाशित मिति : असार १४, २०८२, शनिवार ०५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८