• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

आज २०८२ साल असार ९ गते सोमबार। असार कृष्ण पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ जुन २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ।

वृष – दिन राम्रो छ। मन प्रशन्न रहने छ। यात्रा सफल हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

मिथुन – दिन राम्रो छ। आफूले आफूलाई चिन्न नसक्दा समस्या बढ्नेछ। अरुका लागि मिहिनेत गर्दा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कर्कट – दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा घाटा हुनेछ। इज्जतमा प्रश्न उठ्ने जोखिम छ।

सिंह – दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्या – दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। योजना अनुसार सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्नेछ।

तुला – दिन सामान्य छ। श्रमको लाभ अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिक – मन शान्त र प्रशन्न रहने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

धनु – आफ्ना साथीबाट धोका हुने जोखिम छ। सञ्चित धनको रक्षा गर्नुपर्ने छ। दाजुभाइसँगको सहकार्यबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

मकर – दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । विपक्षीका कुरामा अल्झिनु भन्दा कर्तव्य बोध गरेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ – दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीन – दिन सामान्य छ। काममा आलस्यता बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शनिदेवको प्रभावबाट बच्न धार्मिक कार्यमा सहभागी भएर यात्रा गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

  • प्रकाशित मिति : असार ९, २०८२, सोमवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८