गाजा – इजरायली बन्दुकधारीको आक्रमणबाट गाजामा २४ घण्टाको अन्तरालमा १२० जनाको ज्यान गएको छ।
यसरी मारिने मध्य भोकमरीको अभावमा रहेर खाद्यान्नको खोजीमा रहेका दर्जनौँ छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान यता राहत लिन हिँडेका मध्य ५७ जनको ज्यान गएको छ।
सो राहत गाजा ह्युमनेटेरियन फाउन्डेसन ९जिएजएफ०ले प्रदान गर्दै आएको हो। रफाह र नेतजारिक कारिडोरमा सो राहत वितरण भइरहेको छ। सो कार्यक्रम २७ मेमा सुरु भएको हो।
नेतजारिक कोरिडोरमा अहिले धेरै आक्रमण भइरहेको छ। इजरायली डिफेन्स फोर्सले भने सो स्थानमा हमासका कार्यकर्ता रहेका कारण आक्रमण गरिएको बताउँदै आएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८