• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आफ्नै कोठामा मृत भेटिएकी रोशनीको ‘सुसाइड नोट’– जीवनदेखि हार खाएँ

  • खबरदाता

आफ्नै कोठामा मृत भेटिएकी रोशनीको ‘सुसाइड नोट’– जीवनदेखि हार खाएँ

काठमाडौं । प्रहरीले आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको साथबाट ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले सुसाइड नोट भेटिएको पुष्टि गरे ।

उनका अनुसार, शाहीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

‘‘शाहीको कोठाबाट सुसाइड नोट फेला परेको छ । नोटमा कसैका कारण आत्महत्या गरेँ भन्ने खालको छैन । तर, जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ भन्ने छ ।’’

नोटबारे थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेको भनाइ छ ।

जाजरकोटकी शाही आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित कोठामा मृत फेला परेकी थिइन् ।

  • प्रकाशित मिति : जेठ १२, २०८२, सोमवार १२:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८