• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

नेपालको तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब बढी, ब्याज मात्र ८२ अर्ब भुक्तानी

  • खबरदाता

नेपालको तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब बढी, ब्याज मात्र ८२ अर्ब भुक्तानी

काठमाडौं -नेपाल सरकारले लिएको ऋण भार २४ खर्ब ३४ अर्ब १० करोड रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औं वार्षिक प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब १० करोड रहेको उल्लेख गरेको छ ।

उक्त ऋणमध्ये बाह्य ऋण १२ खर्ब ५३ अर्ब ५० करोड (५१.४९ प्रतिशत) र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड (४८.५१ प्रतिशत) रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८०.८१ मा आन्तरिक ऋणको ब्याज ७२ अर्ब ७७ करोड र वैदेशिक ऋणको ब्याज ९ अर्ब २६ करोड समेत ८२ अर्ब ३ करोड भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।

  • प्रकाशित मिति : जेठ १, २०८२, बिहीवार ०६:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८