• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानको आक्रमण : भारत

  • खबरदाता

जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानको आक्रमण : भारत

पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

यी आक्रमणहरूलाई विफल पारिएको छ । कुनै पनि जनधनको क्षति भएको छैन । भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

भारतले भन्यो, ‘यी सबै क्षेप्यास्त्रहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको छ ।’

यसैबीच, पाकिस्तानका रक्षामन्त्रीले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन् । ख्वाजा आसिफले बीबीसीलाई भने, ‘हामी यसलाई अस्वीकार गर्छौं, हामीले हालसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण गर्छ तब सबैलाई थाहा हुनेछ ।’

जम्मू कश्मीरमा विस्फोट र ब्ल्याकआउटको रिपोर्ट आएको केही क्षणपछि ख्वाजा आसिफले बीबीसीसँग कुरा गरेका हुन् ।

  • प्रकाशित मिति : वैशाख २६, २०८२, शुक्रवार ०५:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८