• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

  • खबरदाता

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। रेडक्रस दिवस। तदनुसार सन् २०२५ मे ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन राम्रो छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष – शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्। वैदेशिक रोजगारीका क्षेत्रमा भने सोच्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन – आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। आम्दानीका दृष्टिले व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट – व्यापारमा सहकार्य गरे फाइदा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। संकटमा आफन्तको साथ प्राप्त हुँदा काम सहजै बन्नेछन्।

सिंह – धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। मन अशान्त बन्नेछ।

कन्या – बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ।

तुला – सोचेका काममा अवरोध सिर्जना हुनेछ। तपाईंले गरेको श्रमको मूल्यांकन नहुँदा मन अशान्त बन्नेछ। विपक्षी साथी शान्त भएकाले कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक – शिक्षाका क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। विपक्षी साथीलेसमेत तपाईंसँग परामर्श लिनेछन्। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु – मनमा रहेका शंका समाधान हुनेछन्। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। प्राविधिक क्षेत्रको लगानीबाट नाफा आर्जन हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले कम बोल्नु फाइदाजनक हुनेछ।

मकर – दिन राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछन्। शिक्षाका क्षेत्रमा लगानी गर्न हिम्मत गर्नुपर्नेछ।

कुम्भ – मनमा खटपटी बढ्नेछ। विपक्षी साथीबाट लाभ हुनसक्ने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन – बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। काममा ढिलासुस्ती हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नुपर्ने समय छ।

  • प्रकाशित मिति : वैशाख २५, २०८२, बिहीवार ०५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८