• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल

  • खबरदाता

आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल

आज २०८२ साल वैशाख २ गते मंगलबार। वैशाख कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १५ तारिख। विश्व कला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – तपाईंका लागि आजको दिन राम्रो छ। उपचारमा भए औषधी नियमित गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष – दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिमा सक्रिय भए सरकारका प्रमुख निकायमा नियुक्तिको सम्भावना छ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ।

मिथुन – दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। एकल भन्दा सामूहिक लगानी र निर्णयबाट फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ।

कर्कट – आजका लागि तपाईंको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह – परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। सहकर्मीको साथ मिल्नेछ। मिहिनेतका साथ गरेको काम सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

कन्या – आज धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्ने दिन छ। एकल भन्दा समूहिक लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

तुला – विरोधी समूह सक्रिय भए पनि मिहिनेतको फल प्राप्त हुनेछ। अवरोध देखिए पनि कामलाई निरन्तरता दिएमा सफलता मिल्नेछ। लामो मिहिनेतपछि प्राप्त उपलब्धिले ठुलो खुशी मिल्नेछ।

वृश्चिक- दिन राम्रो छ। श्रम गरेको क्षेत्रबाट पारिश्रमिक प्राप्त हुनेछ। श्रमको मूल्यांकन उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा काम बन्ने योग छ।

धनु – दिन राम्रो छ। हरेक काममा निरन्तर प्रयासको खाँचो देखिन्छ। समस्या देखिए पनि कामलाई निरन्तरता दिनु उचित हुन्छ। सम्पत्तिको पछाडि लाग्नु भन्दा इज्जतको विषयमा गम्भीर बन्नुपर्ने दिन छ।

मकर – आजका लागि तपाईंको दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ – धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने छ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सामान्य उपलब्धि प्राप्त हुनेछ।

मीन – दिन सामान्य छ। आज सामान्य दैनिकीमा रमाउनुपर्ने बाध्यता छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम भएकाले बोल्दा विशेष ख्याल गर्नुपर्ने छ।

  • प्रकाशित मिति : वैशाख २, २०८२, मंगलवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८