• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू

  • खबरदाता

दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू

वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ । वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अहिले साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।

झडपपछिको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले खबरहबलाई जानकारी दिए । घाइते प्रहरीको अवस्था सामान्य रहेको एसपी मिश्रको भनाइ छ । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा झडप भएको हो ।

  • प्रकाशित मिति : चैत ३०, २०८१, शनिवार २०:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८