• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

  • खबरदाता

रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ । शुक्रबार साँझ पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका रविलाई आज रूपन्देही लगिने भएको हो ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रविलाई शुक्रबार उनको निवास बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

  • प्रकाशित मिति : चैत २३, २०८१, शनिवार ०७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८