• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

  • खबरदाता

शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभा बैठकको अगाडि सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ । बुधबार र विहीबार विपक्षी दलकै अडानका कारण बैठक चल्न सकेको थिएन ।

आज पनि अहिलेसम्म प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने तय भइनसकेको सभामुखको सचिवालयले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १५, २०८१, शुक्रवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८