• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालेन्द्रले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू

  • खबरदाता

बालेन्द्रले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू

काठमाडौं महानगर पालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी विकास मन्त्री प्रकाशमान सिंह माथि प्रश्न गरेका छन् ।

शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रहेको भन्दै प्रश्न गरे । उनले आफूलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश नहराउन समेत अनुरोध गरेका छन् ।

‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो रु’ बालेनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’

यति मात्र होइन बालेनले गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि भनेका छन् ।

काठमाडौं महानगरका अध्यक्ष बालेन्द्र शाह र कांग्रेस एमालेबीच पटक–पटक विभिन्न मुद्दामा विवाद रहँदै आएको छ ।

सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जितेका छन् । उनी ०७९ मा पनि त्यही ठाउँबाट सांसद भएका थिए ।

  • प्रकाशित मिति : चैत १०, २०८१, आइतवार १९:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८